जाजरकोटमा भुकम्प : भुकम्पमा परि जाजरकोट र रुकुममा गरि ६३ जनाको ज्यान गयो

काठमाण्डाै – जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परि ६३ जनाको ज्यान गएको पुष्टि भएको छ । 

जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा २७ जना गरि ६३ जनाको ज्यान गएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

भुकम्पमा जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ । भुकम्पमा परि सय जना भन्दा बढी घाइते भएको खबर छ ।

जाजरकोट केन्द्रबिन्दु भएर गएराती ११ बजेर ४७ मिनेटमा भुकम्प गएको थियो ।

क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । भूकम्पबाट धेरै घर भत्किएको अनुमान छ । रातिको समय भएकाले यकिन विवरण सङ्कलनमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मुख्य समाचार