अटो दुर्घटनामा परेर दुई जनाको मृत्यु, एक घाइते

जुम्ला । जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा आज बिहान अटो दुर्घटना हुँदा दुई जनाको छ ।

बिहान नाग्मबाट हिमा गाउँपालिका–१ देवारगाउँ जाँदै गरेको भे १ ह ३१९७ नम्बरको अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा हिमा–१ का अटो चालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर उनीहरुको दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, उक्त दुर्घटनामा परेर एक जना घाइते भएका हुन् । घाइते हुनेमा सोही ठाउँका अन्दाजी ४१ वर्षका नन्द रोकाया रहेका छन् ।

घाइते रोकायालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले जनाएको छ ।

समाज