आज मौसम सामान्यतया सफा रहने

मौसम पूर्वानुमान महाशाखाले आव मौसम सामान्यतया सफा रहने जनाएको छ ।

महाशाखाले हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको बताउँदै सो कुराको जानकारी गराएको हो ।

यस्तै, आज दिउँसो देशको पहाडी भू–भागका केही स्थानहरुमा चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

समाज