हेटौंडामा सवारी दुर्घटना हुँदा सापकोटा गम्भीर घाइते

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ सालपार्कस्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा रौतहट चन्द्रपुर नगरपालिका ३ बस्ने बर्ष ३० को फटि प्रसाद सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, बिहान साढे ६ बजेको समयमा काठमाडौंबाट विरगञ्जतर्फ जान हेटौंडा आउँदै गरेको ना ६ ख ४७२० नम्वरको प्लाष्टिकको सामान लोड कन्टेनर सडक छेउमा पल्टिएर दुर्घटना हुँदा सापकोटा घाइते भएका हुन् ।

घाइते सापकोट उक्त कन्टेनरको सहचालक हुन् । घाइते उनको सहकारी अस्पताल हेटौंडा पठाएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौंतर्फ पठाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

कन्टेनर चालक प्रहरीको सम्पर्कमा रहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

समाज