हेटौंडाको जंगलमा मृत फेला परेका पुरुष मन्त्री दुलालका पीएसओ

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगर-११ को पुन्य क्षेत्र वनदेवी मन्दिर नजिकै जंगलमा मृत फेला ४२ वर्षीय यमबहादुर सुवेदी बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) रहेको खुलेको छ ।

मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौना घर भएका सुवेदी आज बिहान पुन्य क्षेत्रको जंगलको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

सुवेदीको शरीरको आधा भाग जमिनमा लत्रिएको अवस्थामा थियो । झुण्डिएको प्रकृती हेर्दा घटना शंकास्पद रहेको प्रत्यक्षदर्शीहरुको अनुमान छ ।

शवलाई हेटौंडा अस्पताल ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

समाज