नेपाली बजारमा सुनको मूल्य बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ