आज यी प्रदेशको उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न दुई प्रदेशको उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आज कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको साथै उच्च पहाडी र हिमाली मागमा हिमपातको सम्भावना रहेको जानकारी गराएको हो ।

महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको जनाएको छ ।+

समाज