नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने घटेकाे छ । बुधबार तोलामा १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १० रुपैयाँले घटेर ताेलाकाे १४ सय ४५ रुपैयाँमा काराेबार भइरहेको छ ।

अर्थ