चित्लाङ भूकम्पको क्षतीको विवरण प्राप्त भएको छैन: मकवानपुर प्रहरी

हेटौंडा । बिहीबार बिहान न १ बजेर १९ मिनेटमा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु बनाएर गएको ४.५ म्याग्निच्युडको भूकम्पको अहिले सम्म कुनै पनि क्षती विवरण प्राप्त नभएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले भूकम्पको अहिले सम्म कुनै पनि क्षती विवरण प्राप्त नभएको बताएका हुन्।बिहीबार बिहान १ बजेर १९ मिनेटमा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो धक्का ०७२ सालमा गएको विनाशकारी गोरखा भूकम्पकै परकम्प हो । यसको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो ।

मुख्य समाचार स्थानीय