मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जना घाइते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ न्युरेनीस्थित कान्तिलोकपथ सडकखण्डमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

दिउँसो साढे १२ बजेको समयमा हेटौंडा बजारबाट चौघडातर्फ जाँदै गरेको ना ५२ प ८०१० नम्वरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको बा २ झ ३६६३ नम्वरको गाडीले ठक्कर दिँदा दुई जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा मोटरसाइकल चालक बाराको कलैया उपमहानगरपालिका वडा नम्वर २५ बस्ने ३१ वर्षीय रबि साह र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय रामेश्वर गिरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते उनीहरुलाई सोही गाडीमा उपचारको लागि हेटौंडा अस्पतालतर्फ पठाएको छ । उक्त घटनाको बारेमा मकवानपुर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्थानीय