बल्खुमा प्रसाईं समूह र युवासंघका कार्यकता बिच ढुङ्गा हानाहान

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूह र युवासंघका कार्यकताबिच काठमाडौँको बल्खुमा ढुङ्गा हानाहान भएको छ । प्रसाईं नेतृत्वको समूह र युवासंघले बिहीबार राजधानीको बल्खु र तिनकुनेमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा युवासंघका कार्यकर्ता र दुर्गा प्रसाईं नेतृत्वको समूह जम्काभेट हुँदा बल्खुमा दुई पक्षीय झडप भएको हो । सो क्रममा ढुंगा हानाहानको अवस्था निम्तिएको थियो हिन्दुवादी र राजवादीहरुसहितको प्रर्दशनमा सहभागीले सरकारविरुद्ध चर्का नाराबाजी गरेका छन् भने शंख बजाउँदै हिन्दुराष्ट्रको पक्षमा नारा घन्काएका छन् ।उनीहरुले प्रचण्ड नेतृत्वको सरकारका साथै एमालेविरुद्ध मुर्दावादको नारा लगाउँदै हिन्दुराष्ट्र जिन्दावादको नारा लगाएका थिए । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । दुर्गा प्रसाईं नेतृत्वको समूह र युवासंघका कार्यकताबको ढुङ्गा प्रहारबाट केही सवारीमा क्षती पुगेको छ ।

राजनीति