अखिल नेपाल महिला संघ मकवानपुरको अध्यक्षमा पुनः काफ्ले

११ मंसिर- अखिल नेपाल महिला संघ मकवानपुरको अध्यक्षमा पुनः सुमित्रा काफ्ले चयन हुनुभएको छ । संघको जिल्ला कमिटीकाे १४ औं अधिवेशनबाट पुनः काफ्लेको नेतृत्वमा कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्षद्वयमा यशोदा उप्रेती र मनिला विष्ट चयन हुनुभएको छ । त्यस्तै सचिवमा सुशिला मल्ल,उप-सचिवमा ईन्दिरा तामाङ्ग चयन हुनुभएको छ भने कोषाध्यक्षमा सचिता भट्टराई चयन हुनुभएको छ ।
संघको ५५ सदस्यीय कमिटीका सबैजना सर्वसम्मत निर्वाचित हुनुभएकाे हो ।

समाचार समाज