सरकारले तोकेकै मुल्यमा दुध खरिद गर्न सरोकारवालाहरु सहमत

१० मंसिर – राष्ट्रिय दुग्ध विकास बोर्डले सरकारले तोकेकै मुल्यमा दुधको भुक्तानी गर्न सरोकारवालाहरु सहमत भएको जनाएको छ । डेरी उद्योगीहरुको संस्था डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनलाई पत्र लेख्दै सहमति कार्यान्वयन गर्न बोर्डले भनेको हो ।
गएको शुक्रबार बोर्डको कार्यालयमा राष्ट्रिय दुग्ध विकास बोर्ड , कृषि तथा पशुपन्छी विकास मन्त्रालय , दुग्ध विकास संस्थान , केन्द्रिय दुग्ध सहकारी संघ लि. , डेरी उद्योग संघ , नेपाल डेरी एशोसिएसन , नेपाल डेरी साईन्स एशोसिएसन लगायत सहभागी रहेको बैठकले सरकारले तोकेकै मुल्यमा दुध खरिद गर्ने निर्णय भएको बोर्डले जनाएको छ ।
सरकारले गत फागुन १९ गते दुधको न्युनतम समर्थन मुल्य तोकेको थियो । जस अनुसार प्रति युनिट फ्याटको ७ रुपैयाँ पन्ध्र पैसा र प्रति युनिट एस. एन. एफ. को ४ रुपैयाँ पचपन्न पैसा का दरले ४ फ्याट ८ एस.एन.एफ. दुधको न्युनतम प्रति लिटर ६५ रुपैयाँ कायम गरेको थियो ।
साथै बोर्डले उद्योगहरुलाई कृषकहरुको दुधको भुक्तानी १५-१५ दिनमा नै नियमित गर्न पनि भनेको छ ।
यस्तो छ बोर्डको पत्र –

अर्थ कृषि समाचार मुख्य समाचार समाचार