रास्वपाको संयुक्त बैठक आज पनि जारी रहने

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आज पनि जारी रहने भएको छ ।

संयुक्त बैठक मधेश प्रदेशको महोत्तरीस्थित जलेश्वरमा सोमबारदेखि सुरु भएको हो ।

सो बैठकमा रास्वपामा पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य र २१ संसाद सहभागी छन् । यसका साथै संयुक्त बैठकमा पार्टीका प्रदेश सभापतिहरूको सहभागिता रहेको रास्वपाका उपसभापति डिपी अर्यालले जानकारी दिए ।

आज बस्ने बैठकमा सभापति रवि लामिछानेले पार्टीको राजनीति प्रतिवेदन प्रस्ताव पेस गर्ने छन् ।

सोमबारको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवम् राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रदेश सभापतिहरुले सम्बन्धि प्रदेशको राजनीति तथा सांगठनिक अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । सोमबारको बैठकमा सांसदहरुले रिपोर्ट पनि प्रस्तुत गरेका थिए ।

राजनीति