हेटौंडा ५ स्थित खतिवडा ट्रेडिङमा चोरी

हेटौंडा । हेटौंडा ५ स्थित एक पसलमा गएराति चोरी भएको छ । आइतबार राति हेटौंडा ५ कान्तिलोकपथ पुरानो मालपोत कार्यालय नजिक रहेको खतिवडा ट्रेडिङ कम्पनी प्रालिमा चोरी भएको हो । पसलको ४ वटा सदर मध्य एउटा सटर फुटाएर काउन्टरमा भएको खुद्रा पैसा लिएर गएको प्रहरीले जनाएको छ। घटनास्थलमा वडा प्रहरी टोली पुगेर अनुसन्धान अघि बढाएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

समाचार