सुनको मूल्यमा नयाँ रेकर्ड

नेपाली बजारमा सुनको मूल्यले दिनानुदिन नयाँ रेकर्ड कायम गरेको छ । आज बुधबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नयाँ रेकर्ड बनाउँदै सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेर एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुन तोलामा एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, बुधबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । चाँदीको मूल्य १५ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थ