हेटौंडाबाट दुई जना पक्राउ

मकवानपुर प्रहरीले लागूऔषधसहित हेटौंडाबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ लेवटबाट मंगलबर लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले चितवन रत्ननगर नगरपालिका वडा नम्वर १२ बस्ने ३० वर्षीय महेश महतो र सोही स्थानका ३३ वर्षीय अजय लामालाई पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

उनीहरुलाई लागूऔषध कोरेक्स–३ बोतल र नाईट्राभेट–४५६ ट्याब्लेटसहित प्रहरी चौकी बसामाडीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

हेटौंडाबाट चितवन जाँदै गरेको ना ८ प ५४६७ नम्बरको मोटरसाइकलमा सवार महतो र लामालाई उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुबै जनामाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।

समाज