लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ

मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानमा लगाइएको लागूऔषध गाँजा खेती नष्ट गरेको छ ।

प्रहरी टोली परिचालन गरी जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको ५२ बिगाहा ५ कठ्ठा गाँजा खेती नष्ट गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार, जिल्लाको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको विभिन्न वडामा लगाइएको गाँजा खेती नष्ट गर्नको लागि आइतबारबाट १ सय जना प्रहरी टोली परिचालन गरेको थियो ।

ती परिचालित प्रहरी टोलीले सोमबार राक्सिराङ गाउँपालिका वडा नम्वर ७ स्थित एम्रोख, चैतटार, खर्लिङ, डुमरिया र चुहाना एरियामा लगाइएको ३३ बिगाहा ५ कठ्ठा गाँजा खेती फडानी गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

यसैगरी, सोही टोलीले जिल्लाको कैलाश गाउँपालिका– १ स्थित धरापडाँडा, डाँडाखर्क, कैलाश गाउँपालिका नम्वर ५ स्थित कुनतले, चाकीटार, सानोतारुका, पोखरीखोला, कैलाश वडा नम्वर ६ को कार्कीडाँडा, तिरखोले, घाङ्ग्रीपजेरा एरियामा लगाइएको १९ बिगाहा गाँजा फडानी गरेको उनले बताए ।

समाज