रास्वपाको संयुक्त बैठक आज पनि जारी रहने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि जारी रहने भएके छ ।

मधेस प्रदेशको महोत्तरीस्थित जलेश्वरमा मंगलबारदेखि जारी संयुक्त बैठक आज तेस्रो दिन पनि जारी हुने भएको हो ।

उक्त बैठक बुधबार बिहान १० बजे जलेश्वरको अग्रवाल पार्टी प्यालेसमा सुरू हुनेछ ।

बैठकमा महाधिवेशनको कार्यविधि र प्रक्रियाबारे छलफल हुने कार्यसूची तय गरिएको रास्वपा उपसभापति डीपी अर्याले जानकारी दिए ।

साथै बैठकमा पार्टी नीति, विचारबारे विमर्श हुनेछ ।

राजनीति