आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । जारी पूर्वानुमान अनुसार, आज विभिन्न चार प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

साथै हाल देशमा पश्चिमी वायुको रही भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाइएको छ ।

समाज