मनहरीमा निकुञ्ज र सरोकारवाला बिच अन्तरक्रिया

हेटौंडा- मनहरीमा चितवन राष्ट्रिय निकुञ्ज र सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मनहरी गाउँपालिका वडा नं ६ को आयोजनामा मंगलबार सो कार्यक्रम भएको हो ।
वडा कार्यालय भवनमा चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधीहरु र मध्यवर्ती वन समितीका पदाधीकारीहरु बिच भएको अन्तरक्रियामा सहभागीहरुले वन्यजन्तुबाट स्थानीयहरु त्रसीत भएको र निकुञ्जले बेवास्ता गरेको गुनासो गरेका थिए ।
पछिल्लो एक सातामा मात्रै बाघको आक्रमणबाट २ जनाको मृत्यु भएपछि निकुञ्जको चौतर्फी आलोचना बढेको स्थानीयको भनाई रहेको छ । निकुञ्ज प्रशासनको ध्यान ढुङ्गा, गिटि, बालुवा र खोलानाला मात्र भएकाले वन्यजन्तुले मानिसको जनधनमा पुर्याएको क्षतीमा समेत बेवास्ता गरिएको स्थानीयको बुझाई छ ।

कार्यक्रममा ६ नं वडाअध्यक्ष युवराज थपलियाले नागरीकको अफ्ठ्यारोमा निकुञ्ज प्रशासन मौन रहेको जिकिर गरे । “वन्यजन्तुले दिनहु जसो समस्या दिन्छ र जनताले स्थानीय सरकारलाई गुनासो गर्छन्”, वडाअध्यक्ष थपलियाले भने “तर निकुञ्जको कानुनले गर्दा हामी मुकदर्शक हुन बाध्य भएका छौँ” ।
यस्तै चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सन्त बहादुर मगरले जनचेतनामुलक कार्यक्रम गरी जनतालाई सचेत बनाउन आवश्यक रहेको बताएका छन् । सिमित श्रोत र ऐनको बाध्यताले आफुहरुले केहि गर्न नसकेको भन्दै माथिल्लो स्तरमा कुरा राखी आवश्यक समन्वयकारी भुमिका निर्वाह गर्ने उनको भनाई रहेको छ ।
सोही विषयमा गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले दिर्घकालीन समाधानको बाटो खोज्नुपर्ने बताउनुभयो । चितवन लगायतका क्षेत्रहरुमा आरसिसि पर्खाल निर्माण गरीएको उदाहरण दिँदै अध्यक्ष कालाखेतीले छिट्टैनै संघ तथा प्रदेस सरकारसँग समन्वय गरी आवश्यक वजेटको लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

समाचार समाज