राक्सिराङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको निःशुल्क बीमा गराउने

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गराउने भएको छ ।

पालिका अध्यक्ष राजकुमार मल्लले आइतबार विश्व अपाङ्गगता दिवसको अवसरमा सम्पन्न संवाद कार्यक्रममा बोल्नु सो घोषणा गरेका हुन् ।

अध्यक्ष मल्लले अपाङ्गता भएको व्यक्तिहरुलाई पहिलो प्राथमिकता साथ निःशुल्क स्वास्थ्य बीमासहित आयआर्जनको लागि विभिन्न प्रकारको तालिम गराई आत्मानिर्भर बनाउने घोषणा गरेका हुन् ।

संवाद कार्यक्रम राक्सिराङ्ग गाउँपालिकाको आयोजनामा भएका हो । राष्ट्रिय जनवकालत मन्च (नाफान) ले सहजीकरण गरेको उक्त पालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा प्रमुख प्रसशाकीय अधिकृत देवचन्द्र गर्तौला, ठाडेचुरे आधारभूत अस्पतालका मेडिकल अधिकृत डा. गजल पन्त, सामाजिक विकास शाखा प्रमुख गोविन्द अधिकारी, ५ नम्बर वडा अध्यक्ष हरि बहादुर प्रजा, ९ नम्बर वडा अध्यक्ष रामकुमार बाल्पा थिङ्ग, ३ नम्बर वडा अध्यक्ष उत्तम वाईबा लगायतको आतिथ्यता रहेको थियो ।-tukhabar

समाचार समाज