जनप्रिय मावि हेटौंडामा आधात्मिक चेतनासहित कार्यक्रम

जनप्रिय माध्यमिक विद्यालय हेटौंडामा आधात्मिक चेतनासहित आइतबार बृहत कार्यक्रमको आयोजना गरेको छ ।

विद्यालयमा पुस्तकीय ज्ञान सहित आध्यात्मिक चेतना फैलाउने उद्देश्यसहित अन्तराष्ट्रिय कृष्णभावनामृत संघले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई विष्णुप्रसाद पुडासैनीको सौजन्यमा ५८० वटा अतिरिक्त पुस्तक वितरणसहित कार्यक्रम सम्पन्न गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद पनेरुको प्रमूख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँ एवम् सहायक प्रधानाध्यापक रामआशिष मण्डलको सहभागितामा कार्यक्रम भएको हो ।

विष्णुप्रसाद पुडासैनीको सौजन्यमा पुस्तक वितरण गरिएको कार्यक्रममा उनका पिता गोपिप्रसाद पुडासैनीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा धर्म गुरुहरुको टोलीले आध्यात्मिक संगीतसहितको प्रस्तुती दिएको थियो ।

शिक्षा समाचार