जसपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण आजबाट सुरु

जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण आजबाट सुरु हुने भएको छ ।

प्रशिक्षण रुपन्देहीको श्रीलंका गेष्ट हाउसमा हुने भएको हो । तीन दिनसम्म संचाmन हुने प्रशिक्षणमा पार्टीका शीर्ष नेतादेखि अन्य विषय विज्ञहरुले प्रशिक्षण दिनेछन् ।

सो प्रशिक्षणमा लुम्बिनी प्रदेशअन्तर्गतका कार्यकारिणी समिति सदस्य, प्रदेश समिति, राष्ट्रिय समिति, जिल्ला समिति, भ्रातृसंगठनका प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ ।

राजनीति समाचार