आगो ताप्ने क्रममा घर जल्दा पुरुषको मृत्यु

सिन्धुपाल्चोकको बाह्रबिसेमा आगो ताप्ने क्रममा घर जल्दा एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रहरीका अनुसार, सोमबार साँझ घरभित्र आगो बालेर ताप्ने क्रममा आगलागी भई खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा उनको पूरै शरीर जलेर घटनास्थलमै मृत्यु भएको हो ।

उनको परिवारका अन्य सदस्यलाई भने प्रहरीले उद्धार गरेको थियो । प्रहरीले उक्त घटनाबाट भएको क्षतिबारे विवरण आउन बाँकी रहेको र सो बारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ

समाज