एकीकृत समाजवादीद्वारा विधान हेरफेर गर्न कार्यदल गठन

नेकपा एकीकृत समाजवादीद्वारा विधानमा हेरफेर गर्न कार्यदल गठन गरिएको छ ।

सो पार्टीले आगामी माघ १४ र १५ गते हुने राष्ट्रिय सम्मेलनमा विधानबारे छलफल गरिने भएकाले त्यसका लागि गृहकार्य गर्न कार्यदल गठन गरिएको हो ।

कार्यदलको संयोजकमा संगठन विभाग प्रमुख समेत रहेका उपाध्यक्ष डा. बेदुराम भुसाल रहेको गरेको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए ।

यस्तै, कार्यदलको महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला सदस्य रहेका छन् ।

सम्मेलनको व्यवस्थापनका लागि नेताहरु क्रमशः गंगालाल तुलाधर, जीवनराम श्रेष्ठ, सावित्रा भुसाल, केदार सञ्जेल र विष्णु लम्साल चयन भएका छन् ।

त्यस्तै राष्ट्रिय महाधिवेशनमा पेस गर्ने पार्टी दस्ताबेज मस्यौदा तयार गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय मस्यौदा कमिटी गठन गरिएको छ ।

राजनीति