शेयर बजार ओरालो लाग्यो

आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा ओरालो लागेको छ ।

आज नेप्से १४ दशमलव ४७ अंकले घट्दा १८३३ दशमलव३३ को विन्दुमा पुगेर रोकिएको छ ।

यस्तै, आज नेप्सेमा सूचीकृत २९१ कम्पनीको ४४ लाख ६१ हजार ७३४ कित्ता शेयर खरिदबिक्रि भएको छ भने १ अर्ब ४५ अर्ब रुपैयाँ बराबरको शेयर कारेबार भएको छ ।

जीवन बीमाको बाहेक सबैको उपसूचक राताम्मे भएको जनाइएको छ ।

अर्थ