माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
बैठकमा पार्टीको रुपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचन, समसामयिक परिस्थिति लगायतका विषयमा छलफल हुने बताए । त्यसलगत्तै केन्द्रीय समिति बैठक बोलाउने तयारी छ । केन्द्रीय समिति बैठकले नै विधान सम्मेलनको तिथि मिति तय गर्नेछ ।

राजनीति