कांग्रेस मकवानपुरको सम्मेलन आज, २ हजार प्रतिनिधि सहभागि हुने

हेटौंडा । आज मंगलबार हुने नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनको सम्पूर्ण तयारी सकिएको छ । नेपाली कांग्रेस मवकानपुरका सभापति बुद्ध लामाले सम्मेलनको सम्पूर्ण तयारी सकिएको जानकारी दिँदै सम्मेलनमा दुईहजार प्रतिनिधि उपस्थिति हुने जानकारी दिए ।
सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता एव् अर्थ मन्त्री प्रकाश शरण महतको प्रमुख आतिथ्यता रहने छ । यस्तै सम्मेलनमा केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, प्रदेशका मन्त्रीहरु लगाएत छिमेकी जिल्लाका पार्टी सभापतिहरुको समेत उपस्थिति रहने मकवानपुर सभापति लामाले जानकारी दिए ।
सम्मेलनमा मकवानपुर जिल्लाको दुई संघीय निर्वाचन क्षेत्र, ४ वटा प्रदेश, १० वटा पालिका, १०२ वटा वडाबाट गरी करिब २ हजार प्रतिनिधि उपस्थिती रहने सभापति लामाको भनाई छ । सम्मेलनमा जिल्लाको संगठानात्मक अवस्था, समस्या, वार्षिक प्रगति, राजनाीतिक सिद्धान्त र विचारका विषयमा केन्द्रीत रहेर छलफल तथा बहस हुने सभापति लामाले बताए ।
सम्मेलनले जिल्लमा पार्टी संगठन बिस्तारका लागी आगामी कार्ययोजना, रणनीति र एजेण्डाका विषयमा छलफल गरी मार्ग निर्देशन गर्ने उहाँको भनाई छ । सभापति लामाका अनुसार सम्मेलनमा भएका छलफलका विषयलाई समेटेर राजनीतिक प्रतिवेदन समेत तयार पारिनेछ ।
सम्मेलन आयोजनाका लागी सभापति लामाको संयोजकत्वमा मुल समारोह समिति गठन गरी विभिन्न उपसमितिहरु गठन गरीएको छ ।

राजनीति समाचार