हेटौंडामा ‘शिवम् सन्देश’ को प्रचारप्रसार

हेटौंडा । शिवम् सिमेन्ट उद्योगले सार्वजनिक गरेको भिडियो सन्देश ‘शिवम् सन्देश’ को सोमबार हेटौंडामा प्रचारप्रसार गरिएको छ । गुणस्तरीय, सुरक्षित र जुगौं-जुग रहिरहने घर निर्माणका लागि जनचेतनामुलक भिडियो सन्देश ‘शिवम् सन्देश’ को हेटौंडामा प्रचारप्रसार गरिएको हो ।
प्रचारप्रसारका लागि शिवमले हेटौंडाका चोक चोकमा स्टाण्ड बोर्ड राखी शिवम् सन्देशबारे प्रचारप्रसार गर्दै शिवम सन्देशबारे बुझ्न चाहानेहरुको लागि तत्कालै जानकारी प्रदान गरेको थियो ।
हेटौंडासहित देशका विभिन्न शहरहरुमा शिवमले शिवम् सन्देशको प्रचारको गर्न लागिएको कम्पनी प्रतिनिधिले जानकारी दिएका छन् । सन्देशमा घर निर्माण पूर्व निर्माणका योजनाहरु बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनु पर्ने विभिन्न महत्वपूर्ण जानकारीहरू समावेश गरिएको छ । शिवम् सन्देशमा घर बनाउने जग्गाको छनौट गर्ने बारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने, विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पुर्याउने आदि जस्ता थुप्रै अति उपयोगी जानकारीहरू समेटिएको छ ।
हेटौँडाको शिवम् सिमेन्ट उद्योगले स्थानीय गुणस्तरीय चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरीय सिमेन्टको उत्पादन गर्दै आएको छ ।

समाचार