स्थानीयले बन्द गरे पारिजातपथको सडक

हेटौंडा। हेटौंडा ४ का स्थानीयले सितलमहल चोक देखी पारिजातपथ जोड्ने सडक बन्द गरेका छन्। लामो समय हुदा समेत बाटो नबनाएको र सडक झन खोल्डो बनाएर छोडेका कारण बाटोमा दुर्घटना र जोखिम बढेकोले बाध्य भएर बाटो बन्द गरेको स्थानीयले बताएका छन्। स्थानीयले बाटोमा बास तेर्सिएर बाटो बन्द गरेका हुन्। यस विषयमा बुझ्दा वडा अध्यक्ष नविन सिग्देले बाटो वनाउन समन्वय भइररेको र बाटो बन्द गर्नु दुखद भएको बताए।

समाज स्थानीय