बागमतीको एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी,बागमती  र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

समाचार समाज