मकवानपुरमा कटुवा पेस्तोल सहित राक्सिराङका दुई जना पक्राउ

हेटौंडा। मकवानपुरमा कटुवा पेस्तोल सहित  दुईजनालाई पक्राउ परेका छन् ।

मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिका वड नम्बर २ बस्ने २६ वर्षीय लालकुमार तितुङ र १९ वर्षीय ज्ञानबहादुर स्याङ्तानलाई मनहरी-९ पाट कटुवा पेस्तोल एकथान र बारुद भरेको दुई वटा फलामको खोकासहित पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जनाएका छन्।इलाका प्रहरी कार्यालय मनहरीबाट  खटिएको प्रहरी टोलीले हरियाली सामुदायिक वनमा खरङ्गाबाट राक्सिराङ आउँदै गरेको बा ४१ प २८१८ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाच गर्दा दुवैजनाको साथबाट पेस्तोल र  बारुद बरामद गरेको थियो ।पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

समाचार समाज स्थानीय