सन्दीपको मुद्दामा बहस सकियो, आजै फैसला आउने

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर बलात्कार मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ।

शुक्रबार लामिछानेका तर्फबाट ५ जना कानुन व्यवसायी र सरकारी वकिल तथा जाहेरवाला पक्षबाट जवाफी बहस भएको छ।

बहस सकिएसँगै फैसला सुनाउने तयारी भइरहेको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबार अन्तिम सुनुवाइ सुरु भएको थियो।

क्रिकेटर लामिछानेमाथि नाबालिका बलात्कारको आरोप छ। उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

पछि सर्वोच्च अदालतले उनलाई विदेशका प्रतियोगिता खेल्न जान पनि अनुमति दिएको थियो।

 

खेलकुद समाचार