कांग्रेस नेता भण्डारी भोलि हेटौंडा आउने

प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारी भोलि हेटौंडा आउने भएका छन् ।
विपि विचार समाज मकवानपुरले आयोजना गर्न लागेको कार्यक्रमलाई सम्बोधन गर्न भण्डारी आउन लागेका हुन् ।

४७ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस २०८० को अवसरमा ‘युवा जनशक्तिको सुनिश्चित भविष्यको लागि राजनीतिक दलहरुको भूमिका’ विषयक अन्तरक्रिया हुने भएको हो ।

कार्यक्रमको संयोजन नेपाली कांग्रेस मकवानपुरले गरेको र हेटौंडा–४ रोयल पार्टी प्यालेसमा भोलि विहान ११ बजेबाट कार्यक्रम सुरु हुने विचार समाजका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक प्रदिप कोइरालाले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा संविधानसभा सदस्य सोभाकर पराजुली, कांग्रेस नेता लोकेश ढकाल, नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, संविधान सभा सदस्य एवम् माओवादी केन्द्रका नेता प्रल्हाद लामिछानेलगायतले अन्तरक्रियाका क्रममा धारणा राख्नेछन् ।

राजनीति समाचार