बागमतीमा टिपरको ठक्करबाट श्रीमान श्रीमती घाइते

 हेटौंडा। मकवानपुरको बामगतीमा टिपरले मोटरलाईकललाई ठक्कर दिँदा सोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

धरान चतरा सडक खण्ड अन्तर्गत  सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको ग १ क ६००७ नम्बरको ट्रिपरले बागमती प्रदेश ०२–०४०प ५७५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा  मोटरसाइकलका चालक भक्तपुर चागुनारायण नगरपालिका–९ बस्ने ४७ बर्षीय सरोज थापा र उनकै श्रीमती ४५ बर्षीया भारती थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घाइते भएकाको स्थानीय मेडिकलमा उपचार पछि हेटौंडा अस्पताल ल्याइएको छ। दुर्घटना लगतै फरार ट्रिपर र चालकलाई खोजतलास गर्दै जाने क्रममा बागमती गाउँपालिका–७ लामिटारमा ल्वाङ लामाको घरमा पार्किङ गरि राखेको अवस्थामा नियन्त्रणमा लिएको जनाइएको छ। घाइतेको  मध्यम रहेको प्रहरीले जनाएको छ।

 

समाचार समाज