मनहरीमा शुक्रबार राति जंगली हात्तीले ३ घर भत्कायो

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा जंगली हात्तीले शुक्रवार राति फेरी आतंक मच्चाएको छ। शुक्रवार राति मनहरी गाउँपालिका वडा नम्बर-७ र ८ शान्तिटोल र सिमपानीमा  स्थानीय एक व्यक्तिहरु घरमा आक्रमण गर्दा घरमा क्षती पुगेको छ।

पर्सा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तिले मनहरी ७ का  स्थानीय संजय साहको र लक्ष्मी परियारको घरमा आक्रमण गर्दा घरको ढोका र भित्तामा क्षती पगेको मकवानपुर प्रहरीले जनाएको छ। त्यसैगरी मनहरी-८ सिमपानीमा स्थानीय शिबलाल प्रजाको ब्लकले बनेको घरमा आक्रमण गर्दा घरको छाना र भित्ता भत्काएको जनाइएको छ। हात्तीले यस अघि पनि पटक पटक स्थानीयको घरमा आक्रमण गरेर क्षति पुगाएको थियो । बस्तीमा आएको हात्तीलाई निकुञ्जको सुरक्षामा खटिएका सेना, प्राविधिक र प्रहरी टोलीले जंगल तर्फ धपाउदै आएका छन्।

समाचार समाज