मौसम सामान्यतया सफा रहने

हेटौंडा । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।
हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम हुस्स/कुहिरो लागेको छ ।
शनिबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको तराईका भू-भामा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी  प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी  प्रदेश लगायत  कोशी  र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि  सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

समाज स्थानीय