थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही र बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तराईका भू-भागमा बिहानीपख हुस्सु/कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।

समाज स्थानीय