मकवानपुरको हेटौंडामा १५ किलो गाँजा सहित बाराका एक व्यक्ति पक्राउ

 हेटौंडा। मकवानपुरको हेटौंडा-१५ रातोमाटेबाट  लागुऔषध गाँजा सहित बाराका एक जना पक्राउ परेका छन् ।

शनिबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातोमाटेमा १५ किलो गाँजा सहित बाराको जितपुर सिमरा उपमहानगरपालिका – २३ बस्ने ३० बर्षीय रियाज देवान पक्राउ परेका हुन्।  हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बिआर १ पिबी ३३१४ नम्बरको भारतीय सुमालाई शंका लागेर चेकजाँच गर्दा उक्त परिणामको लागु औषध सहित एकजनालाई पक्राउ गरिएको जनाइएको छ।

सुमोको पछाडि लुकाएर राखेको अवस्थामा ५ वटा पोकामा १५ किलो लागुऔषध गाँजा बरामद गरिएको  मकवापनुर प्रहरीले जनाएको छ ।पक्राउ परेका माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानएको छ।

 

समाचार समाज स्थानीय