निगमले यथावत् राख्यो पेट्रोलियम पदार्थको बिक्री मूल्य

हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् रहेको जनाएको छ। ३१ डिसेम्बरमा इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा ४१ पैसा वृद्धि भएको र डिजेल/मट्टितेल र खाना पकाउने ग्यासको मूल्यमा भने सामान्य घटेकोले हाललाई मूल्य नबढाई यथावत नै राखिएको निगमको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ। निगमले ग्यासमा अझै घाटा रहेको जनाएको छ।

 

Screenshot_20240102_08152-1704163108.jpg
समाचार