जापानमा भूकम्प, ६ जनाको मृत्यु, सुनामीको चेतावनी

हेटौंडा । जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको हो ।
सुनामीको चेतावनी जारी भएपछि इशिकावा भन्ने स्थानका समुद्री किनारका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण शुरु गरिएको छ । जापानको मौसम विभागले यहाँ पाँच मिटरसम्म अग्लो समुद्री छाल उठ्ने र त्यसले क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ ।
सडक र भवन भत्किएका छन् । यातायात र संचार सेवा अवरुद्ध रहेको जनाउँदै स्थानीय सरकारी निकायले विद्युत आपूर्ति बन्द हुन सक्ने चेतावनी दिएको छ ।
इशिकावा क्षेत्रमा ६ जनाको मृत्यु भएको एनएचकेले जनाएको छ ।

अन्तराष्ट्रिय समाचार