माइतीघरबाट गोविन्द केसीसहित ७ जना पक्राउ

काठमाडौं । डाक्टर गोविन्द केसी पक्राउ परेका छन् । निषेधित क्षेत्र घोषणा गरिएको माइतीघरमा प्रदर्शन गर्न पुगेका डा केसीसहित अन्य ७ अभियन्तालाई प्रहरीले पक्राउ गरेको हो ।

स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, विद्यार्थीहरूको योग्यताका आधारमा निःशुल्क वा न्यूनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरू पढ्न पाउने अधिकार लगायत माग गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए । माइतीघर पुगेको केही क्षणमै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
राजनीति समाचार