मकवानपुरगढीका संचारकर्मी न्यौपाने काठमाडौंमा सम्मानित

काठमाडौं । नेपालप्रेसका संवाददाता राजाराम न्यौपाने सम्मानित भएका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघको १६औं  वार्षिक साधारणसभामा न्यौपाने सम्मानित भएका हुन् ।

नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात  मन्त्री प्रकाश ज्वालाबाट न्यौपाने सम्मानित भएका हुन् । न्यौपानेले ट्रक लगायत यातायातको क्षेत्रमा कलम चलाएको भन्दै सम्मान गरिएको हो । न्यौपानेले आर्थिक क्षेत्रका समाचार लेख्दै आएका छन् ।

मकवानपुरगढीको बासिन्दा रहेका न्यौपानेले काठमाडौं बसी पत्रकारिता गरिरहेका छन् ।

समाचार समाज स्थानीय