मकवानपुर जिल्ला सहकारी संघको अध्यक्षमा पुनः देवकोटा

हेटौंडा २१, पौष/मकवानपुर जिल्ला सहकारी संघ लि. को २० औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

साधारणसभाले आगामी ४ बर्षे कार्यकालको लागि नारायण प्रसाद देवकोटाको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति चयन गरेको छ ।

निर्वाचन समितिका संयोजक बिरेन्द्र प्रसाद ढुंगानाका अनुसार सञ्चालक समितिको उपाध्यक्षमा मेनुका दाहाल, सचिवमा दिनेश उपाध्याय, कोषाध्यक्षमा बिमल कुमार ढकाल, सह सचिवमा भोगेन्द्र लुईटेल चयन भएका छन् ।

त्यस्तैे सदस्यहरुमा श्रमिक लामा, बिमला कार्की, अर्जुन प्रसाद वाग्ले, हेम प्रसाद न्यौपाने, सीताराम दाहाल, हरिप्रसाद पौडेल, शर्मिला डंगोल चयन भएका छन् ।

साथै साधारण सभाले लेखा समिति संयोजकमा खेमराज सापकोटा र सदस्यहरुमा ज्ञानेन्द्र ढुंगाना, लक्ष्मण प्रसाद सुवेदीलाई चयन गरेको छ ।


जिल्लाको १९९ वटा संघ/संस्था सदस्य रहेको संघमा १० लाख ६ हजार शेयर पुजीँ रहेको छ । संघले सहकारीको क्षमता बिकासमा तालिम संचालन, आन्तरिक लेखा परिक्षणमा सहजीकरण लगायत संस्थाको निति तथा कार्यबिधि निर्माणमा सहजीकरण गर्दै आएको छ ।

संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा सहकारी महासंघका पूर्व सञ्चालक बद्री प्रसाद लम्साल, केन्द्रीय कृषि सहकारी संघका लेखा समिति संयोजक महेश्वर सुवेदी, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक विदुर हुमागाई, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कंडेल, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका सचिव वीरेन्द्र प्रसाद ढुंगाना, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका कार्यबहाक अध्यक्ष शर्मिला डंगोल, संघका पूर्व अध्यक्ष रामजी सापकोटा, पूर्व ब्यवस्थापक बद्री प्रसाद भण्डारी, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल लगायतको आतिथ्यता रहेको ।

साधारणसभामा संघको सबैभन्दा बढी शेयर खरिद गर्ने हेटौंडा ११ मा रहेको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था र जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरलाई सम्मान गरिएको थियो ।

मुख्य समाचार समाज सहकारी