हेटौंडाको सडक विस्तारमा राजनीति गर्न हुँदैन् : मुख्यमन्त्री

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौंडा बजारको सडक विस्तारको विषयमा राजनिती गर्न नहुने बताएका छन् ।शनिबार मकवानपुर उद्योग वाणिज्य संघको ५७ औँ वार्षिक साधारणसभामा बोल्दै उनले राजनीतिक दलहरुले सडकलाई मुख्य केन्द्रबिन्दु बनाएर राजनीतिक गरेको भन्दै यो विषयले हेटौंडाको हित नहुने समेत बताए ।

उनले लामो समयदेखि विवादको विषय बन्दै आइरहेको सडक विस्तारको विषयलाइ राजनीतिकरण हुँदा हेटौंडाको विकासमा समेत समस्या परेको भन्दै मुख्यमन्त्री जम्कट्टेलले यो विषयलाइ अब अतिरन्जित गर्न नहुने बताए ।

हेटौंडामा निर्माण सुरु भएको बाइपास सडकको भविष्यमा प्रश्न गर्दै मुख्यमन्त्री जम्कट्टेलले खोलाको बगरमा निर्माण गर्न लागिएको बाइपासको स्थायित्व कठिन रहेको बताए । बाइपास नै बनाउने भए हेटौंडाको पदमपोखरी क्षेत्रबाट बनाउनु पर्नेमा उनको जोड थियो ।

भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माण नहुनुमा पनि राजनीतिक चलखेलकै कारण रहेको उनले दावी गरे । ‘अहिले व्यवसायी, मन्त्री, नेताहरु सबै निराशा भएको देख्छु । तर निराशा नभएको सम्मानिय प्रधानमन्त्री मात्र देख्छु ।’ उनले भने ।

उद्योग वाणिज्य संघले अब कृषकहरुलाई पनि सदस्य बनाएर कृषि पेशालाइ प्रमोसन गर्नुपर्ने बताए । संघ सरकारले बागमती प्रदेशको सबै जिल्लामा उत्पादन भएका कृषिजन्य उत्पादनलाई बजारिकण गर्न सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

राजनीति समाचार