सकियो “थाहा फोटो प्रर्दशनी”

बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रबारबाट सुरु भएको दुई दिने थाहा फोटो प्रर्दशनी सकिएको छ । नेपालकै चर्चित पर्यटकीय क्षेत्रको रुपमा रहेको थाहा नगरपालिकाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रलाई उजागर गर्ने उदेश्यको साथ सुरु भएको प्रर्दशनी शनिबार सकिएको हो । प्रर्दशनीमा ६० वटा फोटोहरु प्रर्दशनमा राखिएको थियो ।

थाहा नगरपालिकाको आयोजना तथा फरक सोच अभियान, शिखर क्लबको संयोजनमा भएको प्रर्दशनीलाई राष्ट्रिय फोटो पत्रकार समूह, मकवानपुर, नेपाल पत्रकार महासंघ मकवानपुर, हेटौँडा उपमहानगरपालिका लगाएतको संघसस्थाको सहयोग गरेको थियो ।

.

प्रर्दशनीमा थाहाको पर्यटकीय क्षेत्रको तस्बिरको साथै थाहा क्षेत्रमा रहेको सांस्कृतिक, धार्मिक पक्षहरु समेटिएको तस्बिरहरु राखिएको थियो । बागमती प्रदेश सरकारले सन् २०२४ लाई पर्यटन वर्ष घोषणा सन्र्दभसँगै गरिएको प्रर्दशनीले प्रदेशको पर्यटनलाई टेवा पुर्याउने फरक सोचका यादबजंग राजमाझीले बताए ।

समाचार समाज