हेटौंडा–३ मा निःशुल्क स्वास्थ्य शिविर

हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर–३ मा निःशुल्क स्वास्थ्य शिविर भएको छ । ३ नम्बर वडा कार्यालयको आर्थिक सहयोग तथा बसामाडी स्वास्थ्य चौकी, हेटौडा–३ को आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सुगर तथा प्रेसर चेकजाँच, स्वास्थ्य परिक्षण, स्वास्थ्य शिक्षाका साथमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो । स्थानीय स्वास्थ्य चौकीको प्रांगणमा आयोजित कार्यक्रममा वडामा बसोबास गर्ने ४० जनाले इसीजी सेवा, ८० जनाले सुगर चेकजाँच सेवा र २१५ जनाले निशुल्क स्वास्थ्य परिक्षण सेवाका साथमा निशुल्क औषधिको सेवा लिनु भएको स्वास्थ्य चौकी प्रमुख सुष्मा गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा ३ नम्बर वडाका वडा अध्यक्ष ढलक बहादुर थापा, वडा सदस्य हर्क बहादुर पाख्रिन, वडाका वडा सचिव महेन्द्र चापागाई, स्वास्थ्य चौकी ब्यबस्थापन समितिका पदाधिकारी समेतको उपस्थिति रहेको थियो ।

समाचार समाज