राष्ट्रियसभा निर्वाचन: आज दाबीविरोध तथा उजुरी दिने समय

हेटौंडा । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज दाबीविरोध तथा उजुरीका लागि समय दिएको छ ।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन समय दिएको हो ।
उम्मेदवारविरुद्ध परेको उजुरीमा पुस २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ । त्यसपछि पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन चाहेमा फिर्ता लिन सक्नेछन् । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि ५२ जनाले उम्मेदवारी दिएका छन् ।

राजनीति समाचार