चितवन उद्योग बाणिज्य संघ अध्यक्षमा श्रेष्ठ निर्वाचित

भरतपुर। चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा  भएका छन् । संघको शनिबार भएको ५७औँ वार्षिक साधारण सभा तथा अधिवेशनले आगामी कार्यकालका लागी सुमनकुमार श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो। श्रेष्ठले १५१५ मत प्राप्त गर्दा अर्का उम्मेदवार  शिरिष पन्तले ८४३ मत प्राप्त गरेका छन् ।श्रेष्ठ यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए भने पन्त तृतीय उपाध्यक्ष थिए ।

त्यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा चिरिञ्जीवी सुवेदी, वाणिज्यतर्फ उपाध्यक्षमा राजेन्द्र ओली, उद्योगतर्फको उपाध्यक्षमा अशोक अधिकारी र वस्तुगततर्फको उपाध्यक्षमा नारायण प्रधान विजयी भएका छन्। २ हजार ९७४ मतदाता रहेकोमा २ हजार ४१४ मत खसेको थियो ।

राजनीति समाचार समाज